साउन ५ देखि सर्वनाममा गीतिनाटक 'सपना अनेक अनेक'

काठमाडाैं : लामो समयको अन्तरालपछि काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा नाटककार अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारिएको गीतिनाटक ‘सपना अनेक अनेक’ मञ्चनको तयारी भइरहेको छ। सर्वनामले आफ्नो चार दशकको इतिहासमा पहिलो पटक गीतिनाटक प्रस्तुत गर्न लागेकाे हाे।कवि गीता खत्रीको खण्डकाव्य 'आमा हुन् आमा'मा आधारित प्रस्तुत गीतिनाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ। गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र

सम्बन्धित सामग्री

नेपाली राजनीतिका वीपी, साहित्यमा विश्वेश्वर

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) यो धर्तीमा आएको पनि १०७ वर्ष पुगिसकेको छ । आफ्नो ६८ वर्षको आयु नेपाल र नेपालीको लागि खर्चेर २०३९ साउन ५ गते यो धराबाट बिदा लिएका वीपीबारे अनगिन्ती लेखिए ।उनको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो राजनीतिको यात्राबारे गहन अध्ययन अनुसन्धान भएका छन्, भैरहेका छन् । वीपी कोइरालाको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान्हरूले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताहरूले शोध गरिसकेका छन् ।&n

‘सपना अनेक अनेक’ मञ्चन

गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि थपिएको छ। साउन ५ गतेदेखि मञ्चन भएको नाटक दर्शको आग्रहमा साउन २८ गतेसम्म थपिएको वरिष्ठ रङ्गकर्मी अशेष मल्लले जानकारी दिनुभयो।

थपियो सपना अनेक अनेक

साउन ५ गतेदेखि राजधानीको सर्वनाम थिएटरमा मञ्चन भइरहेको गीतिनाटक सपना अनेक अनेकको मञ्चन अवधि थपिएको छ। लोकप्रिय रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकको विशेष आग्रहमा थपिएको सर्वनामले जनाएको छ। विधाको हिसाबले चार दशक लामो यात्रा तय गरेको सर्वनामको लागि गीति नाटक नयाँ प्रयोग भए पनि दर्शकको उत्साहजनक सहभागिताले ऊर्जा मिलेको मल्लले […]

लम्बियो सर्वनामको नाटक ‘सपना अनेक अनेक’

गीतिनाटक ‘सपना अनेक अनेक’ को मञ्चन अवधि थपिएको छ । साउन ५ गतेदेखि मञ्चन भएको नाटक २८ गतेसम्म पुर्याइएको छ । पहिले यो नाटक २२ गतेसम्म मात्र मञ्चन हुने बताइएको थियो । बरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशन नाटकमा रहेको छ । गीतिनाटक दर्शकहरुको विशेष आग्रहमा थपिएको मल्लले बताए । ‘विधाको हिसावले गीति नाटक नयाँ प्रयोग भएपनि दर्शकको उत्साहजनक सहभागिताले उर्जा मिलेको छ’ मल्लले थपे ।यो नाटकसँगै सर्वनामले कोभिडपछि आफ्नो हल सञ्चालनमा ल्याएको हो । हाउस फूल दर्शकहरुको साथ

गीतिनाटक ‘सपना अनेक अनेक’, थप एक हप्ता मञ्चन हुने

काठमाडौं । साउन ५ गतेदेखि मञ्चन भएको गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि थपिएको छ । वरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकहरुको विशेष आग्रहमा थपिएको मल्लले बताए । विधाको हिसाबले गीतिनाटक नयाँ प्रयोग भएपनि दर्शकको उत्साहजनक सहभागिताले उर्जा मिलेको मल्लले बताए । यो नाटकसँगै सर्वनाम थिएटरले कोभिडपछि आफ्नो हल सञ्चालनमा […]

सर्वनाममा गीतिनाटक 'सपना अनेक–अनेक' मञ्चन हुने

काठमाडौं : सर्वनाम थिएटरमा नयाँ नाटक 'सपना अनेक अनेक' मञ्चन हुने भएको छ। अशेष मल्लको परिकल्पना तथा निर्देशनमा बन्दै गरेको नाटक साउन ५ गतेदेखि मञ्चन हुने भएको हो। गीता खत्रीको खण्डकाव्य 'आमा हुन् आमा' मा आधारित सपना अनेक अनेक गीतिनाटक हो। नाटकमा राजु सिंहको संगीत तथा सत्यराज आचार्य र वानिका प्रधानको स्वर छ भने प्रमिला कार्की उप्रेतीले कोरियोग्राफी गरेकी छन्। चार दशकदेखि रंगमञ्चमा सक्रिय सर्वनामले पहिलोपटक गीतिनाटक गर्न लागेको हो। सर्वनामका संस्थापक तथा नेपालमा सडक न

साहित्यमा विश्वेश्वर, राजनीतिमा बिपी

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) यो धर्तीमा आएको पनि १०८ वर्ष पुगिसकेको छ। आफ्नो ६८ वर्षको आयु नेपाल र नेपालीका लागि सुम्पेर २०३९ साल साउन ५ गते यो धराबाट बिदा लिनुभएका बिपीबारे अनगिन्ती लेखिए। उहाँको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो तथा राजनीतिको यात्राबारे गहन अध्ययन अनुसन्धान भएका छन्। भइरहेका छन्। बिपीको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान्ले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताले शोध गरिसकेका छन्।