नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडेर नभई गठबन्धनसँग लडेरै आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा गठबन्धनसँग लडेर ४१ प्रतिशत क्षेत्रमा जितेको र आगामी चुनावमा बहुमत क्षेत्रमा जित्ने दाबी उनले गरे ।
स्थानीय तहको चुनावी तयारीका सम्बन्धमा एमाले कार्यकर्तालाई शुक्रवार दिएको भर्चुअल प्रशिक्षणमा ओलीले आगामी तीनै तहको चुनावमा बहुमत सीट जित्ने दाबी गरेका हुन् ।
‘२०७४ सालमा तीन चरणमा स्थानीय चुनावको बेला पनि सत्ता गठबन्धनसँग एक्लै लडेर...