गठबन्धन गर्न केपी ओली ज्ञानेन्द्रको निवास पुगे : माधवकुमार नेपाल

‘उनी(ओली) पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।’

सम्बन्धित सामग्री

ओलीलाई नेपालले भने- ‘काम गर्न दिएनन् भनेर रूँदै हिँड्दा लाज लाग्दैन ?'

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओली अब नसुध्रिने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय चुनावमा प्रतिगामीलाई जसरी पराजित गरियो त्यसलाई पूर्ण बनाउन आउने चुनावमा पनि उनीहरूलाई पराजित गर्नुको विकल्प नभएको जनाए ।