काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि सर्वोच्च अदालतमा इजलास तोके पनि सुनुवाइ हुने सम्भावना कम छ । न्यायाधीश र कानुन व्यवसायीहरुले राजीनामा दिन माग गरिरहेका बेला प्रधानन्यायाधीश जबराले आफूसहित अरु न्यायाधीशका लागि इजलास तोक्नुभएको छ ।
सर्वोच्च अदालतका १४ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । हिजो न्यायाधीहरुसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताउनुभएको थियो...