काठमाडौं : प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ आज स्थगित भएको छ। नेपाल बार एशोसियसनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण सुनुवाइ स्थगित भएको हो।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले मिसिलमा एमकिस क्यूरीको नाम नदेखिएकाले आजको सुनुवाइ स्थगित भएको जानकारी दिए। न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो।उक्त मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज स