काठमाण्डाै - सर्वोच्च अदालतले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न माग गरिएको मुद्दामाथि सुनुवाइ तोकेको छ ।
इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने भन्दै अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको मुद्दामा आजका लागि पेसी तोकेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दामाथि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलास तोक्नु भएको हो ।
डा. रेग्मीले भदौ १६ मा दर्ता गराएको मुद्दामा भदौ १७ मा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न आदेश ...