प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा आज पाँच वटा मुद्दाको सुनुवाइ भएको छ । राणाले उनको एकल पूर्ण इजलासमा आज पाँच वटा मुद्दाको पेसी तोकेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश राणाले इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका हुन् ।
राणाको इजलासमा परेको निवेदनमा सन्तोषकुमार पाण्डेको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । उनले लुम्बिनी प्रदेशका सभामुखविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
त्यसैगरी, भूवनकुमार दाहालले मधुकुमारी चौधरीलाई व...