सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा भएका मुद्दाका सुनुवाइ प्रक्रियामा फेरि गतिरोध उत्पन्न भएको छ । लामो समयदेखि सो इजलास बस्न नसकेपछि सुनुवाइ प्रक्रियामा गतिरोध उत्पन्न भएको हो । गत फागुन ११ गते बसेको संवैधानिक इजलास पुनः गठन हुन सकेको छैन । सो इजलास बस्न नसक्नुका कारणबारे सर्वोच्च अदालतका कर्मचारीहरू पनि अनभिज्ञ छन् । सम्बन्धित फाँटका एक कर्मचारीले संवैधानिक इजलास गठन गर्ने बारेमा प्रधानन्यायाधीशको एकलौटी अधिकार हुने भएकाले आफूले सुनुवाइ प्रक्रिया अवरुद्ध हुनुका कारण थाहा नभएको बताए