भदौ ८, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुन: डा.शिवराम प्रसाद कोइरलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि पनि सोही पदमा नियुक्त गर्ने निर्णय भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।