साना किसान विकास लघुवित्तको २५ % बोनस शेयर सूचीकृत

चैत, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ३१ लाख २ हजार २७ दशमलव ४५५२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयर खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।   

सम्बन्धित सामग्री

हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त र राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यी ६ कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले हिमालयन डिष्टिलरीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ७२५ दशमलव ४५ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८९८ मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले साना किसानको १४ दशमलव २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ८८८ दशमलव ३२ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार दशमलव १४ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले घोराही सिमेन्ट्सको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ५०२ दशमलव ६१ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७८ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले सपोर्ट माइक्रोफाइनान्सको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ९५५ दशमलव ७५ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ६५९ दशमलव ०९ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८२५ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले राधी विद्युत कम्पनीको ४ दशलमव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २२८ दशमलव ६४ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २३९ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी ६ कम्पनीको बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा आगामी सोमवार अर्थात् पुस १६ गते यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कृषि विकास बैंकको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते बिहिबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।सभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने प्रस्ताव बैंकले गरेको छ।  कम्पनीको वार्षिक साधारण सभाले पारित उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्तावहरु :१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७७/०७८ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, ईक्विटमा भएको परिवर्तन,नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु छलफल गरी पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी लि. तथा गोबर ग्याँस कम्पनी र सम्वद्ध कम्पनी साना किसान विकास लघुवित्त वित्तीय संस्था को आ.ब. २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने ।४. सञ्चालक समितिको प्रस्ताव बमोजिम साधारण चुक्ता पूँजीमा वोनस प्रदान गर्दा वोनश शेयरमा लाग्ने कर वापत प्रति शेयर १.०५२६ प्रतिशत नगद लाभांश र अविमोच्य असंचिति अग्राधिकार (Non Convertible Irredeemable Preference share) शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने । ५. आर्थिक वर्ष २०७८/०७९ को लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त हुने लेखापरीक्षकलाई यस बैंकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने ।विशेष प्रस्ताव : (१) साधारण शेयरधनीहरुलाई साधारण चुक्ता पूँजीको २० प्रतिशत वोनस शेयर प्रदान गर्ने सम्बन्धी संचालक समितिको प्रस्ताव पारित गर्ने । (२) विशेष प्रस्ताव नं. (१) बमोजिमको वोनस शेयर प्रस्ताव गरिएकोमा सो समेत समायोजन हुने गरि बैंकको अधिकृत पूँजी तथा जारी र चुक्तापूँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रवन्धपत्र र नियमावलीको तत्सम्बन्धि दफा/नियम एवं उप-दफा/उप-नियमहरु संशोधन तथा थप गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।३. पुँजी वृद्धि सम्बन्धी बैंकको प्रवन्धपत्रको दफा ५ को उप-दफा (१), (२) र (३) तथा दफा ७ को उप-दफा (२) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने । (४) पूँजी वृद्धि सम्बन्धी बैंकको नियमावलीको नियम ५ को उप-नियम (१), (२) र (३), नियम ७ को उप-नियम (१) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने ।५. प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुन बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

नेप्सेमा साना किसान विकास लघुवित्त र एचआईडिसीएलको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) र साना किसान विकास लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  एचआईडिसीएलको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २४८.३३ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६८.२० रुपैयाँ थियो । त्यस्तै साना किसान लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११७६ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४७० रुपैयाँ थियो । एचआईडिसीएलले पुस २२ गते बिहिबार कम्पनीको कार्यालय हात्तिसारमा सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशतले हुन आउने १ अर्ब ४९ करोड ६० लाख बराबरको बोनस सेयर र ०.४२१ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको  आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात मात्रै उक्त लाभांश सेयरधनीहरुमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  कम्पनीको सभामा लाभांश वितरण गर्ने, वित्तीय विवरण पारित गर्ने, नाफा नोक्सान विवरण पारित गर्ने, संचालक समितिको प्रतिवेदन पारित गर्ने, प्रबन्धकपत्र र नियमावलीमा आवश्यक समशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।त्यस्तै साना किसान विकास लघुवित्तले पुस १८ गते काठमान्डौ जावलाखेलमा रहेको  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सभा आह्वान गरेको छ । भामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को नाफाबाट   हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन् आउने ३१ करोड २८ लाख ८२ हजार ७ सय ४५ रुपैयाँ २५ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.३१५ प्रतिशत गरि कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु :  (क) सामान्य प्रस्ताव ः(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७७÷०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७÷०७८ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु समेत छलफल गरी पारित गर्ने ।(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०७८÷७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।(४) यस वित्तीय संस्थाको आ.व. २०७७÷७८ को मुनाफाबाट चुक्ता पुँजी रु. १,२५,१५,३०,९८२÷०८ को १.३१५७८९४७४ प्रतिशतले हुने नगद लाभांश रु. १,६४,६७,५१२÷९२ बोनस शेयरको कर प्रयोजनको लागि वितरण गर्न समितिको प्रस्ताव पारित गर्ने ।(ख) विशेष प्रस्ताव ः(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चालु आ.व. २०७७÷७८ को कारोबारबाट भएको मुनाफा मध्येबाट शेयरधनीहरुलाई चुक्ता पुँजी रु. १,२५,१५,३०,९८२÷०८ को २५ प्रतिशतले हुने रु. ३१,२८,८२,७४५÷५२ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।(२) यस वित्तीय संस्थाको प्रबन्धपत्रमा व्यवस्था भएको जारी र चुक्ता पुँजी क्रमशः रु. १,२५,१५,३०,९८२÷०८ र रु. १,२५,१५,३०,९८२÷०८ मा माथि विशेष प्रस्ताव नं (१) अनुसार वृद्धि गरी जारी र चुक्ता पुँजी क्रमशः रु. १,५६,४४,१३,७२७÷६० र रु. १,५६,४४,१३,७२७÷६० कायम गर्ने र सोही बमोजिम मिलान गर्न प्रबन्धपत्रको दफा ५ मा संशोधन गर्ने ।(३) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिई यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय (केन्द्रीय कार्यालय) मिति २०७८÷०४÷२२ गतेका दिन का.जि.का.म.न.पा. वडा नं. ३२, सुविधानगर, तीनकुने काठमाडौँबाट का.जि.का.म.न.पा. वडा नं. ११, बबरमहल, काठमाडाँै स्थित नेपाल औषधि लिमिटेड बबरमहलको परिसरमा रहेको भवनमा स्थानान्तरण गरिएकोले यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा २ को उपदफा (१) र नियमावलीको नियम २ उपनियम (१) मा सोही बमोजिम हुने गरी ठेगाना संशोधन गर्ने ।(४) नियमावलीको नियम २९ (सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था) को उपनियम (१) खण्ड (ख) र उपनियम (१) खण्ड (ग) को भाग (अ) संशोधन गर्ने ।

साना किसान लघुवित्तद्वारा २६.३१% लाभांश घोषणा

मंसिर ९, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।    यो पनि हेर्नुस् : तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा साढे ४६ करोड