साना किसान र आरएमडीसी लघुवित्तले समान २६ प्रतिशत बोनस सेयर दिने

२० मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस सेयर दिने भएको छ । १९ मंसिर सोमबार बसेको लघुवित्तका सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । आरमएडीसी लघुवित्तसँग मर्जरको सम्झौता गरेको कम्पनीले प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.३७ प्रतिशत नगद लाभांश […]

सम्बन्धित सामग्री

आरएमडीसी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, बोनससहित पारित भए यी प्रस्ताव

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २४ औं वार्षिक साधारण सभा  शुक्रवार  काठमाडौमा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/ ०७९ कोे वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/ ०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । कम्पनीले आव २०७८/ ०७९ मा ५० करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको र शेयरधनीहरुलाई चुक्तापूँजीको २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६४८% नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।  उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जसअनुसार आरएमडीसीको १०० कित्ता शेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।

आरएमडीसी लघुवित्तले चैत १० गते बोलायो साधारण सभा

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ ।  गत फागुन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल २७ दशमलव ३७ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब २४ करोड १० लाख ६६ हजारको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उल्लिखित प्रस्तावसँगै साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । आरएमडीसी लघुवित्तको १०० कित्ता शेयर बराबर मर्जर पछिको संस्थाको शेयर ८७ कित्ता प्राप्त हुने गरी यी दुई कम्पनी मर्जरमा जान लागेका हुन । साना किसान लघुवित्तका शेयरधनीहरूको भने शेयर संख्यामा कमि हुनेछैन् । यो सभाले मर्जरका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १० गतेसम्म बुक क्लोज गर्ने तया्री कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।