साना किसान लघुवित्तको सीईओमा डा.कोइराला

काठमाडौं, ९ भदौ। साना किसान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुनः डा.शिवराम प्रसाद कोइरालालाई नियुक्त गरेको छ । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

सम्बन्धित सामग्री

साना किसान लघुवित्तको नाफा २९ प्रतिशतले बढ्यो

२४ कात्तिक, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको नाफा २९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार ३ महिनामा कम्पनीको खुद नाफा ३० करोड १४ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी नै […]

साना किसान लघुवित्तले २७.३७ प्रतिशत लाभांश दिने

साना किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि […]

साना किसान र आरएमडीसी लघुवित्तले समान २६ प्रतिशत बोनस सेयर दिने

२० मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस सेयर दिने भएको छ । १९ मंसिर सोमबार बसेको लघुवित्तका सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । आरमएडीसी लघुवित्तसँग मर्जरको सम्झौता गरेको कम्पनीले प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.३७ प्रतिशत नगद लाभांश […]

साना किसान विकास लघुवित्तको २५ % बोनस शेयर सूचीकृत

चैत, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ३१ लाख २ हजार २७ दशमलव ४५५२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयर खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रभु बैंक र साना किसान विकास लघुवित्तको साधारण सभा आज

पुस १८, काठमाडौं । प्रभु बैंक र साना किसान लघुवित्त वित्तीय संस्थाले आज (आइतवार) साधारण सभा आयोजना गरेका छन् ।  प्रभु बैंकले २०औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले १२ प्रतिशत बोनस शेयर र र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी, साना किसान लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा आइतवार नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गतेदेखि १८ गतेसम्म बन्द गर्ने भएको छ । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

साना किसान लघुवित्तको सीईओमा पुन : डा शिवराम प्रसाद कोइराला नियुक्त

भदौ ८, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुन: डा.शिवराम प्रसाद कोइरलालाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि  पनि सोही पदमा नियुक्त गर्ने निर्णय भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

साना किसान बैंकलाई ग्रामीण स्वावलम्बन कोष

करिब तीन दशकअघि सञ्चालनमा आएको ग्रामीण स्वावलम्बन कोषलाई नेपाल सरकारले साना किसान लघुवित्त सस्थालाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयमा भएको एक कार्यक्रम बीच कोषलाई साना किसान लघुवित्त सस्थालाई हस्तान्तरण गरिएको हो । कोषमा नेपाल सरकारको ५४ करोड, नेपाल राष्ट्र बैंकको २५ करोड ३४ लाख गरी कुल ७९ करोड ३४ लाख सुरुवाती अवस्थामा पुँजी रहेको थियो ।