प्रभु बैंक र साना किसान विकास लघुवित्तको साधारण सभा आज

पुस १८, काठमाडौं । प्रभु बैंक र साना किसान लघुवित्त वित्तीय संस्थाले आज (आइतवार) साधारण सभा आयोजना गरेका छन् ।  प्रभु बैंकले २०औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले १२ प्रतिशत बोनस शेयर र र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी, साना किसान लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा आइतवार नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गतेदेखि १८ गतेसम्म बन्द गर्ने भएको छ । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।