३२ जेठ, काठमाडौं । हिजो बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै सरकारी निकायलाई सामाजिक सञ्जालमा सक्रिय हुन निर्देशन दियो । संवैधानिक आयोग, संघीय आयोग, संघीय मन्त्रालय, कार्यालय, निकाय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरुलाई परिपत्र पर्दै प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकाय र मातहतका कार्यालयहरुले सञ्चालन गरेका सामाजिक सञ्जाल एकाउन्टहरू नियमित सञ्चालन सुनिश्चित गर्न भनेको थियो । […]