औषधीय प्रयोजनका लागि गाँजामाथिको प्रतिबन्ध फुकाउने सरकारी योजना

सरकारले गाँजामाथि लगाइएको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने तयारी गरेको छ ।  गृहमन्त्रालयमा सोमवार आयोजित कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाँजामाथिको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन् ।  गृह सुधार योजनाअन्तर्गत गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले बताए ।  औषधि व्यवस्था ऐन २०३३ मा औषधीय प्रयोजनका लागि गाँजा प्रयोग गर्न पाइने उल्लेख छ । औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाँजा प्रयोग गर्नका लागि अनुमति मागेका छन् ।&nb...