काठमाडौं : सरकारले प्रत्येक वर्ष बजेटमा छुटाउँदै नछुटाएको विषय हो- शैक्षिक पूर्वाधार विकास, दक्ष जनशक्ति एवं शिक्षण सामाग्रीको व्यवस्था र नवीनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चितता।बजेटमा समेटिएअनुसार सरकारले व्यवस्थापन गरिदिएको भए यतिखेर प्रविधि उपयोग गरि सरकारी (सामुदायिक) विद्यालयका विद्यार्थी अध्ययन गरिरहेका हुन्थे। तर वर्षैपिच्छे बजेट भाषणमा गरिएका यो घोषणामै सीमित बनेकाे छ।अहिले अनेकौं प्रकारका प्रविधि विकास भइरहेको छ। अन्य देशका