नेकपा (एकीकृत समाजवादी) की सांसद समीना हुसेनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन् । उनले यस्तो स्थितिलाई ध्यान दिदैँ पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराइन् । नेकपा (एकीकृत समाजवादी) कि सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको गर्ने सरकारको निर्ण