गोरखा सैनिक प्रतिनेपाल सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद डा. डिला संग्रौला पन्तले गोरखा सैनिकहरू विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेको प्रतिनेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरे । उनले भने, ‘नेपाल तथा ब्रिटेनबीच २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग […]

सम्बन्धित सामग्री

दोस्रो विश्वयुद्धपछि बर्मा लगायतका देशमा बस्ने नेपालीलाई परिचयपत्र दिन माग

एमाले सांसद डा.सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसदमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘पिपुल अफ नेप्लिज ओरिजन (पिएनओ) का बारेमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दोस्रो विश्वयुद्धको सेरोफेरोमा गोरखा सैनिक, तिनका परिवार र आफन्तहरू बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीमा गएको देखिन्छ । र, पुस्तौदेखि त्यहाँ बसोबास गरेको भेटिन्छ । जसलाई पिप