चन्द्रनिगाहपुर : गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै मृतकका परिवारले चन्द्रनिगाहपुरमा ६ दिनदेखि धर्ना दिइरहेका छन्।सत्र वर्षअघि २८ जनाको ज्यान लिने गरी भएको हत्याका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाव दिन चन्द्रनिगाहपुरको तीनकुने पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिँदै आएका छन्।धर्नामा नेपाली काँग्रेस, रास्वपा, नागरिक समाजका अगुवा लगायत राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले ऐक्यबद्धता जनाएका छन्। रास्वपाका अजयकुमार साह, नेपाली काँग्रेसका प्रदेश सभा ‘क’का सभापति न