काठमाण्डाै - सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।
कोरोना सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।
हिजो गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ ।
सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि आज एकदिन यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रव...