कुमारी आमा नेहारिकालाई प्रहरीको अवरोध

काठमाडौं, २० साउन । सरकारसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सिंहदरबार अगाडी अनसन सुरु गरेकी महात्तरीकी कुमारी आमा नेहारिका राजपुतलाई प्रहरीले अवरोध गरेको छ । गत असारमा गृहमन्त्रालयसँग गरेको सहमति एउटा पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्न सरकारलाई दबाब दिन राजपुत छोरासहित आजदेखि पुनः अनसन सुरु गरेकी थिइन् । बच्चासहित आमरण अनसन […]

सम्बन्धित सामग्री

‘कुमारी आमा’ निहारिका र शिवराजको विवाह

जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी महोत्तरीकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् ।उनीहरुले जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को […] The post ‘कुमारी आमा’ निहारिका र शिवराजको विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेस सरकारले निहारिकालाई पाँच लाख सहयोग गर्ने

मधेस प्रदेस सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।...

मेयर बालेन शाहले भेटे कुमारी आमा निहारिकालाई, फेशबुकमा यस्तो लेखे

काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुमारी आमा निहारिका राजपुतलाई भेटेका छन्। मेयर शाहले आज (शनिबार) शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई भेटेका हुन्। निहारिकासँगको भेटबारे सामाजिक सञ्जाल फेशबुक पेजमा मेयर शाहले लेखेका छन्–‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति […]

कुमारी आमा निहारिकालाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं, २२ साउन । आफुसँग सरकारले गरेको पाँचबुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शनरत महोत्तरीकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षीय निहारिकालाई सर्वोच्च अदालत परिसरबाट आज प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । निहारिकाले बच्चाको बाउको डीएनए जाँच गर्ने लगायतका ५ वटा माग […]

कुमारी आमा नेहारिका राजपुतद्वारा भोलिदेखि पुनः आमरण अनसनको घोषणा

काठमाडौं, १९ साउन । महोत्तरीकी कुमारी आमा निहारिका राजपुतले पुनः आमरण अनसन बस्ने घोषणा गरेकी छिन् । गृहमन्त्रालयसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिन आफूले पुनः आमरण अनसन सुरु गर्ने घोषणा गरेको उनको भनाई छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत जेठ २७ गते आमरण अनसन सुरु गरेर असार […]

'कुमारी आमा' प्रकरण : चुकेको न्यायालय हो कि अभियोजक ?

विगत केही दिनदेखि न्यायको माग गर्दै एक कुमारी आमा बसन्तपुरमा आमरण अनसनमा बसेकी छिन् । उनीसँगै उनको २१ महिने छोरो पनि सँगै छ । आफूमाथि बलात्कार गर्ने ‘अपराधी’लाई न्यायालयले जोगाएको भन्दै उनी धनुषा जिल्ला अदालतको फैसलाप्रति रुष्ट छिन् । र, उच्च अदालतले छिटो न्याय दियोस् भन्ने उनको माग छ ।कुमारी आमा भनेर चिनाउने निहारिका राजपुत (नाम परिवर्तन) ले आफूलाई धनुषाकै महेन्द्रनगर घर भएका शिवराज श्रेष्ठले जबरजस्ती करणी गरी गर्भवती बनाएर छाडेको कारण दोषीलाई कारबाही र आफूलाई न्याय चाहियो भन्दै पटक

न्याय माग्दै अनसन बसेकी कुमारी आमा निहारिकालाई वीर अस्पताल लगियो

काठमाडौँ- चार दिनदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनसन बसिरहेकी कुमारी आमा निहारिका राजपूतलाई  गाह्रो भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ। अहिले वीर अस्पतालमा उनको उपचार चलिरहेको अस्पतालले जानकारी दिएको छ। उनलाई साथ दिँदै अनसनमा बसेकी अधिकारकर्मी जस्मिन ओझालाई उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्ष पुर्‍याइएको छ। आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई […]

‘कुमारी आमा’ निहारिका ४ दिनदेखि आमरण अनशनमा, अधिकारकर्मीहरुद्वारा ऐक्यबद्धता

काठमाण्डाै - धनुषाकी निहारिका राजपूतको आमरण अनशनमा अधिकारकर्मीहरुले ऐक्यबद्धता जनाएका छन् । कुमारी आमा भनेर चिनिएकी निहारिका चार दिनदेखि आमरण अनशन बस्नुभएको छ । आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उहाँ अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएको हो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासहितका अधिकारकर्मीहरुले हिजो अनशनस्थल वसन्तपुर पुगेर निहारिकाको मागमा ऐक्यबद्धता जनाएका छन् । उनीहरुले घटनाको ...

कुमारी आमा निहारिकाको चित्कारः न्याय मरेको देश

जनकपुरधाम– कुमारी आमा निहारिका राजपुतलाई न्याय दिनुपर्ने माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ । निहारिकालाई करणी गरी गर्भवती बनाएको मुद्दामा अभियुक्त धनुषा महेन्द्रनगरका शिवराज श्रेष्ठलाई जिल्ला अदालतले सोमबार सफाई दिएपछि महिला अधिकारकर्मीसहितले आज प्रदर्शन गरेका हुन् । पीडित निहारिकासहित महिला अधिकारकर्मीहरूले जनक चोकबाट प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए । त्यसपछि […]