आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ। दुवै पक्षका वार्ता टोलीबीच बुधबार पहिलो चरणमा वार्ता हुन लागेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । ‘अहिले हामी सिंहदरबार जान लागेका छौं । आज पहिलो चरणको वार्ता हुनेछ । त्यसमा हामीले आफ्ना मागहरू प्रस्तुत गर्नेछौं । र सरकारले धारणा बुझ्नेछौं ।’ अध्यक्ष तिवारीले भने