गण्डकी प्रदेशमा काँग्रेसबाट मन्त्रीहरू नियुक्त भएपछि समावेशिताको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । कुनै क्रियापछि प्रतिक्रिया आउनु स्वाभाविक हो । तर यस्ता प्रतिक्रिया कति तथ्यगत ढङ्गले आएका छन्, त्यस आधारमा गम्भीर रूपमा लिइनुपर्छ ।गण्डकी प्रदेशमा मन्त्रीहरूको नियुक्तिका विषयमा केही काँग्रेसी नेता तथा अन्य व्यक्तिले गरेको टिप्पणी नियोजित देखिन्छन् । गत शुक्रबार गण्डकी प्रदेशमा आधा दर्जनभन्दा बढी मन्त्री नियुक्त भए । तीमध्ये कास्कीबाट प्रत्यक्ष निर्वाचित माननीयलाई नियतवश प्रहार गरे