काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
काठमाडौंको सिनामंगलस्थित क्याम्पसको गेटअगाडि विद्यार्थीहरूले सुरु गरेको रिले अनशनमा समर्थन जनाउँदै बुधबार संयुक्त विद्यार्थी संगठनको अगुवाइमा प्रदर्शन गरिएको हो ।
एमबीबीएसमा तोकिएभन्दा अतिरिक्त विभिन्न शीर्षकमा ३० लाखसम्म र बीडीएसतर्फ १० लाख रुपैयाँ अतिरिक्त...