नोबेलमा १० लाख अतिरिक्त शुल्क माग

काठमाडौं, पुस १९ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा लाखौं बढी शुल्क विद्यार्थीबाट असुल्ने प्रयासमा रहेको नोबेल मेडिकल कलेजको कदमको विपक्षमा उभिने विद्यार्थी पढाइबाटै वञ्चित भएका छन् । चिकित्सा शिक्षा आयोगको शुल्क सीमा पालना गर्ने र विद्यार्थीहरूबाट कुनै पनि अतिरिक्त शुल्क नलिने वचन स्थानीय प्रशासनलाई दिएर विद्यार्थी आन्दोलन मत्थर पारेको विराटनगरको नोबेल कलेजले फेरि उनीहरूलाई सताउन […]

सम्बन्धित सामग्री

शेयर खरिद गरेको पैसा अबदेखि इसेवा मार्फत भुक्तानी

सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने ईसेवाले जनाएको छ । ईसेवाका अनुसार इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले आफ्नो मोबाईल मार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सक्ने छन्। यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्ने ईसेवाको विश्वास छ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुबैलाई सहज हुने ईसेवाले जनाएको छ ।  लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ । टिएमएसमा रकम पठाउन सकिने विषयमा इसेवाका विजनेस हेड आशिष गौतमले भने “ आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरि टिएमएसमा इसेवा जोडिएको छ । इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ”। इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

नियमविपरीत शुल्क लिँदै केयू

‘चिकित्सा शिक्षा आयोगले बीएससी नर्सिङ अध्ययनका लागि १० लाख रुपैयाँ शुल्क तोकेको छ। पढाइका क्रममा गरिने विभिन्न शैक्षिक क्रियाकलापको शुल्क पनि त्यसमै जोडिएको हुन्छ। छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई पनि कुनै अतिरिक्त शुल्क लाग्दैन,’ यो सबै २०७८ मंसिर ५ मा आयोगले जारी गरेको सूचनाले स्पष्ट पार्छ। तर, काठमाडौं विश्वविद्यालयले बीएससी नर्सिङको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क माग्न थालेको छ। छात्रवृत्तिका विद्यार्थीलाई पनि अतिरिक्त शुल्क भन्दै ९५ हजार रुपैयाँ मा

अतिरिक्त शुल्क लिएको भन्दै केएमसीविरुद्ध विद्यार्थी सडकमा (तस्बिरहरू)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको सिनामंगलस्थित क्याम्पसको गेटअगाडि विद्यार्थीहरूले सुरु गरेको रिले अनशनमा समर्थन जनाउँदै बुधबार संयुक्त विद्यार्थी संगठनको अगुवाइमा प्रदर्शन गरिएको हो । एमबीबीएसमा तोकिएभन्दा अतिरिक्त विभिन्न शीर्षकमा ३० लाखसम्म र बीडीएसतर्फ १० लाख रुपैयाँ अतिरिक्त...

केएमसीविरुद्ध विद्यार्थी सडकमा (तस्बिरहरू)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिइएको भन्दै विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघरमा एमबीबीएस र बीडीएसका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । एमबीबीएसमा तोकिएभन्दा विभिन्न शीर्षकमा अतिरिक्त ३० लाखसम्म र बीडीएसतर्फ १० लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै प्रदर्शन गरिएको हो । कलेज...