नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ । संक्रमणको आडमा जनतामा आतंक फैलाएर स्वार्थ सिद्धि गर्ने काममा सरकार लागेको कांग्रेसको ठहर छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार संक्रमणको आडमा सत्ता बचाउने खेलमा लागेको निष्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘महामारी नियन्त्रणको लागि हामीले सरकारलाई १५ बुँदे सुझाव दिएका थियौं, ती कार्यान्वयन गर्नुको सट्टा सरकार सं...