नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी

पर्वत – नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । गए राति सम्पन्न मनगणनामा उनले खसेको मतमध्ये ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस पर्वतको निर्वाचनमा जम्मा सहभागी १ हजार १ सय ८६ मतमध्ये जोशीले ६ सय ९ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । […]