काठमाडौं : काठमाडौं : पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण पुनः तीव्र रूपमा फैलिएपछि नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ। २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्देशन दिएको छ। फिल्म हल, रात्रिकालीन व्यवसाय, विद्यालय बन्द गरेको छ। सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। संघीय सरकारको राजधानी रहेको शहर काठमाडौं उपत्यका भित्रिने सबै नाकामा कडाइ गरिएको छ। हवाई जहाजका यात्रुलाई पनि विभिन्न स्वास्थ्य मापदण्ड पूरा गर्न निर्देशन द