डडेल्धुराः डोटीको छहरा झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। जिल्लाको जोरायलगाउँपालिका–२ छतिवनमा रहेको झरनामा दैनिक हजारौं मानिसहरू पुग्ने गरेका छन्।झरना हेर्न पहाडका डोटी, डडेल्धुरा, बैतडी तथा तराइका जिल्ला कैलाली, कञ्चनपुर, बाँके र बर्दियाबाटसमेत मानिसहरू आउने गरेका छन्। छहरामा तराईका जिल्लाबाट गर्मी छल्नका आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्।हरियाली जंगलमाथि चट्टान, त्यसै चट्टानबाट पानी तल झर्छ। सुन्दर र अनुपम आकर्षक छहरा झरना हेर्ने मानिसहरूको पछिल्लो समय निकै भिड लाग्ने गर