पर्यटकको आकर्षण केन्द्र बन्दै सल्यान

सल्यान : कोरोनाका कारण सुस्ताएको सल्यानको पर्यटन पुरानै लयमा आउन थालेको छ।लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको छ।कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालेकाले जिल्लाका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल बढ्न थालेको हाे।नेपाल सरकारले घोषणा गरेको देशका एक सय पर्यटकीय स्थल भित्र पर्न सफल कुपिण्डे ताल, खैरा वाङ भगवती मन्दिर, नेपालको ठूलो शंख रहेको शंखमूल पार्क, छत्रेश्‍वरी शक्ति पीठ लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप ब