पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई भूमिगत जीवनबाट सार्वजनिक भएको स्थानलाई पर्यटकीय हिसावले विकास गर्ने तयारी गरिएको छ ।
लामो समय भूमिगत र सशस्त्र राजनीति गरेका तत्कालीन माओवादीका शीर्ष नेताहरू जनतामाझ सार्बजनिक भएको मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ स्थित भोर्लेटाँडीस्थित आँपबगैचालाई पर्यटन पार्कको रुपमा विकास गर्न लागिएको हो ।