युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

काठमाडौँ – युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो। खेलको ८६औँ मिनेटमा डानिलोले विजयीगोल गरेका थिए। जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो। यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ। पछिल्लो […]

सम्बन्धित सामग्री

युभेन्ट्स नापोलीसँग पराजित

एजेन्सी । युभेन्ट्स इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीसँग पराजित भएको छ । आइतबार राति युभेन्ट्स नापोलीसँग १–० ले पराजित भएको हो । नापोलीको जितमा जियाकोमा रास्पडोरीले खेलको इन्जुरी समयमा निर्णायक गोल गरे । जितसँगै शीर्षस्थानमा रहेको नापोलीको ७८ अंक पुगेको छ । युभेन्ट्स ५९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

युभेन्ट्स र रोमा सेमिफाइनलमा

एजेन्सी । इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा पुगेका छन् । युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई तथा रोमाले डच क्लब फियोनुर्डलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । बिहीबार राति क्वाटरफाइनलको दोस्रो लेगमा स्पोर्टिङ सिपिसँग १–१ को बराबरी खेलेपनि समग्रमा २–१ को जित निकाल्दै युभेन्ट्स सेमिफाइनल पुगेको हो । पहिलो लेगमा युभेन्ट्स १–० ले […]

युभेन्ट्स स्तब्ध

एजेन्सी – इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगमा इजरायली क्लब मकावी हाइफासँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु टोली मकावी हाइफासँग २–० ले स्तब्ध बनेको हो । युभेन्ट्सलाई स्तब्ध पार्न मकावी हाइफाका ओमेर एट्जिलीले दुवै गोल गरे । उनले दुवै गोल पहिलो हाफमा गरेका थिए । हाइफामा मंगलबार राति भएको खेलको सातौं मिनेटमा हाइफाको गोलबाट […]

युभेन्ट्स टोरिनोसँग बराबरीमा रोकियो

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स टोरिनोसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग १–१ को बराबरीमा रोकिएको हो । युभेन्ट्सका लागि म्याथिस डी लिग्टले गोल गरे भने टोरिनोका लागि आन्द्रे बेलोट्टीले गोल गरे । खेलको १३ औं मिनेटमा लिग्टले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा […]

युभेन्ट्स घरेलु मैदानमै स्तब्ध

युभेन्ट्स इटालियन सिरी ‘ए’ को खेलमा  घरेलु मैदानमै स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स भ्रमणकारी टोली एटलान्टासँग १–० ले पराजित भएको हो । एटलान्टाको लागि डुमान जापटाले निर्णायक गोल गरेका थिए । खराब लयमा रहेको युभेन्ट्सको यो लिगमा पाँचौं हार हो । १४ खेल खेल्दा ६ जित हात पारेको युभेन्ट्स २१ अंक सहित छैटौं स्थानमा छ ।  शनिबारनै भएको अर्काे खेलमा इन्टर मिलानले भेनेजियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । इन्टरको जितमा हकान चलहानो ग्ल

युभेन्ट्स नेपोलीसँग स्तब्ध

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा नेपोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु घरेलु टोली नेपोलीसँग २–१ ले स्तब्ध बनेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफमा नेपोलीले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन । […]

युभेन्ट्स पराजित

१३ भदौ काठमाडौं । क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेष्टर युनायटेड फर्कने पक्का भएपछि पहिलो खेलमा युभेन्ट्स पराजित भएको छ । रोनाल्डोलाई गुमाएपछि इटालियन सिरी ए को खेलमा युभेन्ट्स घरेलु मैदानमै इम्पाओलिसँग १-० ले पराजित भएको हो । यस हारपछि युभेन्ट्स लिगको सुरुआती दुई खेलमै जितविहीन छ र जम्मा १ अंक जोडेको छ । एम्पाओलीका लागि […]

रोनाल्डोले युभेन्ट्स छाड्ने

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाड्ने निर्णय गरेका छन् । पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग नाम जोडिइरहँदा रोनाल्डोले युभेन्ट्स छाड्ने निर्णय गरेका हुन् । प्रिमियर लिग च्याम्पियन सिटीले ह्यारी केनलाई अनुबन्ध नसकेको अवस्थामा रोनाल्डोलाई क्लबमा अनुबन्ध गर्ने योजना बनाएको छ । पावेल नेडवेद र मासिमिलियानो एलेग्रीले रोनाल्डोलाई क्लबमै राख्ने प्रयास […]

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

२८ माघ, काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । इन्टरमिलानलाई दुई लेगको खेलमा २-१ ले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो । गएराती घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले इन्टरसंग गोलरहित बराबरी खेलेको थियो । तर पहिलो लेगमा हात पारेको २-१ को जितले गर्दा युभेन्ट्सलाई फाइदा पुगेको हो । […]