विलियम्सन र कमिन्स शीर्ष स्थानमा यथावत

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् । अष्ट्रेलियाका स्टिभ स्मिथ पनि दोस्रो स्थानमा यथावत रहेका छन् । यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा छन् । इंग्ल्यान्डका जोय रुट चौंथो स्थानमा रहदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौं स्थानमा छन् । बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् । भार...

सम्बन्धित सामग्री

आईसीसी वरीयता : केन विलियम्सन दोस्रो, स्टिभ स्मिथ तेस्रो

अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।

आईसीसी टेष्ट ब्याट्सम्यानको शीर्ष स्थान विलियम्सन यथावत्

एजेन्सी। न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फको शीर्ष स्थानमा यथावत रहेका छ्न। नयाँ वरियतामा अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा यथावत छन्। वरियताको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने, चौथोमा इंग्ल्यान्डका जोय रुट र पाँचौ स्थानमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन्।

केन विलियम्सन टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लिए

न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ विश्व टेष्ट वरियताको तेस्रो स्थानमा हुनुहुन्थ्यो । पाकिस्तान विरुद्धको पहिलो टेष्टमा शतकीय पारी खेलेर म्यान अफ द् म्याच घोषित हुनुभएका उहाँ शीर्ष स्थानमा पुग्न सफल हुनुभएको हो । अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट खेलेर स्वदेश फर्किनुभएका भारतीय कप्तान विराट कोहली अन्तर्राष्ट्रिय टेष्ट वरियताको दोस्रो स्थानमा हुनुहुन्छ । भारत विरुद्धको दुई टेष्टमा कमजोर प्रदर्शन गर्नुभएका अष्ट्रेलियाली ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा झर्नुभएको छ ।

विराट कोहलीलाई पछि पार्दै केन विलियम्सन शीर्ष स्थानमा

काठमाण्डाै – भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका केन विलियम्सन आईसीसी टेष्ट बरियताको शीर्ष स्थानमा पुगेका छन् । ८ सय ९० अंक बटुल्दै विलियम्सन बरियताको शीर्ष स्थानमा पुग्न सफल भएका छन् । कोहली ८ सय ७९ अंकका साथ दोस्रो र अष्ट्रेलियाका स्टिभ स्मिथ ८ सय ७७ अंकका तेस्रो स्थानमा छन् । सन् २०...