हायात रिजेन्सी होटलको खुद नाफा १८ करोड ८० लाख रुपैयाँ, ८५ करोडको आम्दानी
काठमाडौं। हायात रिजेन्सी होटलको प्यारेन्ट कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नाफामा उल्लेख्य छलाङ मारेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ करोड ६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २ प्रतिशत कम खुद नाफा भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड ५८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षभन्दा यस वर्ष विद्युत विक्री आम्दानी पनि कम भएको छ । गत वर्ष ७४ कराड ४० लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ७३ करोड ५२ लाख रूपैयाँभन्दा बढी मात्र विद्युत विक्री आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रूपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग १ अर्ब ५२ करोड १७ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । कर्जा सापटी यस वर्ष गत वर्षभन्दा करिब ९ प्रतिशत कम भएको छ ।
गत वर्ष ३८ करोड ४७ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी रहेकोमा यस वर्ष ३५ करोड ११ लाख रूपैयाँभन्दा बढी मात्र कायम भएको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १७ रूपैयाँ ७९ पैसा रहेको छ ने प्रतिशेयर नेटवर्थ १७७ रूपैयाँ ३२ पैसा रहेको छ ।
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षको तुलनामा २८ दशमलव २१ प्रतिशत बढी भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी घटेको भए पनि वित्तीय खर्च कम हुँदा नाफा बढेको हो ।
गत वर्ष ७ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७ करोड ४१ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च रकम यस वर्ष १३८ प्रतिशत बढेको छ ।
गत वर्ष १३ लाख ५२ हजार रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष ३२ लाख १८ हजार रुपैयाँ खर्च गरेको हो । वित्तीय खर्च यस वर्ष ३१ दशमलव ३६ प्रतिशत कम भएको छ । गत वर्ष २ करोड ८० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ९२ लाख रुपैयाँभन्दा बढी मात्र खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने १६ करोड ६७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा गत वर्षको तुलनामा ३५ प्रतिशत कम ६० करोड २३ लाख रुपैयाँ छ भने अल्पकालिन कर्जा गत वर्षभन्दा ६३ दशमलव २३ प्रतिशत कम १ करोड ८६ लाख रुपैयाँ छ ।
प्रतिशेयर आम्दानी ४ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ २२ पैसा छ ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ओरियण्टल होटल्स लिमिटेड १७ करोड ८४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म २ करोड ४६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नाफा गर्न सफल भएको हो ।
गत वर्ष होटल्सको सञ्चालनबाट नाफा करीब ८०७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ३ करोड २२ लाख रुपैयाँभन्दा बढी सञ्चालनबाट नाफा गरेको होटल्सले गत वर्ष २९ करोड २१ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो ।
हाल होटल्सको चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ छ । जगेडा कोष रकम भने १ अर्ब ४ करोड ९९ लाख रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८२ पैसा रहेको होटल्सको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ७ पैसा छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ११४ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १ करोड ४८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको आम्दानी करीब ३४ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ करोड ६७ लाख रुपैयाँभन्दा बढी रहेको आम्दानी गत वर्ष ७ करोड ५९ लाख रुपैयाँभन्दा बढी भएको हो । कुल खर्च अघिल्लो वर्षभन्दा करिब ३९ प्रतिशत बढी अर्थात् १ करोड ८६ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ भने जगेडा कोष रकम १ करोड ८० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
दीर्घकालीन कर्जा १३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ५ करोड ६० लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा छ ।
काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड १२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म २५ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा गरेको कम्पनीले गत वर्ष ३३७ प्रतिशत बढी खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी भने १५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष ९ करोड ३९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष भने ७ करोड ९७ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । विद्युत विक्री आम्दानी घटे पनि गैर सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा २९७ दशमलव ३८ प्रतिशत बढी हुँदा कम्पनीको सञ्चालन नाफासँगै खुद नाफा बढ्न पुगेको हो ।
अघिल्लो वर्ष ४५ लाख ३७ हजार रुपैयाँ रहेको गैर सञ्चालन आम्दानी गत वर्ष १ करोड ८० लाख रुपैयाँभन्दा बढी भएको छ । सञ्चालन नाफा भने अघिल्लो वर्षभन्दा ४३ दशमलव २३ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ४ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ६ करोड ९३ लाख रुपैयाँभन्दा बढी भएको हो ।
शत प्रतिशत हकप्रद शेयरमार्फत पूँजी बढाएर कम्पनीले चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार पुर्याएको छ । कम्पनीको शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँभन्दा बढी र रिटेन्ड अर्निङमा २ करोड रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ११२ रुपैयाँ ६ पैसा छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
काठमाडौं । साहस उर्जा लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५४ दशमलव ३४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ५८ करोड १३ लाख नाफा कमाएकोमा चालू आवमा रू. २६ करोड ५१ लाखमा झरेको हो ।
चालू आवमा कम्पनीको प्रशासनिक खर्च बढेको छ भने वित्तीय खर्च रू. १४ करोड ७१ लाखमा भन्दा बढी रहेको छ । यस कारण पनि नाफा घटेको देखिन्छ । गत आवमा कम्पनीको प्रशासनिक खर्च रू. २५ लाख ७४ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ६७ लाख पुगेको छ ।
कम्पनीले २०७९ चैत १७ गतेबाट व्यावसायिक उत्पादन सुरु थालेको हो । उत्पादिन विद्युत बिक्रीको बिल नेपाल विद्युत प्राधिकरणमा पेस गरेको तथा बिल बमोजिम रकम भुक्तानीको क्रममा रहेको कम्पनीले जनाएको छ । यस कारण पनि कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । चालू आवमा कम्पनीले विद्युत बिक्रीबाट रू. २१ करोड ८० लाख आम्दानी गरेको छ । गत आवमा कम्पनीले विद्युत उत्पादन गरी बिक्री शुरु गरेको थिएन ।
कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ५० करोड रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव १०(वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ५१ दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ६९ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस
चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा आँधीखोला लघुवित्तको खुद नाफा ३६.६८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड ८० लाख रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा बढेर २ करोड ४६ लाख पुगेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ९९ लाख रहेको छ । कम्पनीको संचालन मुनाफा भने २ करोड १४ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीले ६३ करोड ९७ लाख सापटी लिएको छ भने ४२ करोड २८ लाख निक्षप संकलन गरेको छ । त्यस्तै कम्पनीले १ अर्ब २२ करोड लार्ज प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा ४.३१ प्रतिशत रहेको छ । १० करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ८ करोड ५३ लाख रहेको छ ।कम्पनीको प्रति शेयर आम्दानी ४९.२६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १८५.३६ रुपैयाँ , र तरलता अनुपात ४.२४ रहेको छ । नेप्सेमा भने कम्पनीको कारोबार रोक्का छ ।
एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले रु. ३५ करोड ४८ लाख ६५ हजार खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १२२.०८% ले बढी हो ।समीक्षा अवधिमा लघुवित्तको गत आ.व को सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ९९.१२%, अन्य सञ्चालन आम्दानी ११०.३४% र सञ्चालन मुनाफा १८३.७३ % ले बढेको छ । त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १७.५३ %, जगेडा कोष १७१.१६%, बैँक तथा वित्तीय संस्थाबाट सापटी १३१.३८%, ले बढेको छ । नाफा र चुक्ता पूँजीसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।संस्थाले समीक्षा अवधिको १ बर्षको दौरानमा करिब १३ अर्ब ५८ करोडको थप कर्जा लगानी गर्दै करिब १५८.८४% को बार्षिक विन्दुगत बृद्धि हाँसिल गरेको छ । बित्तीय संस्थाले दोसो त्रैमास सम्ममा कुल लघुकर्जा रकम रु. २२ अर्ब १३ करोड ४१ लाख पु¥याउन सफल भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास अवधिमा संस्थाको स्व–पुँजीमा प्रतिफल (आरओई) बार्षिक २४.२२% रहेको छ भने बार्षिक रु. ४०.७७ प्रति शेयर आम्दानी आर्जन गर्न सफल रहेको छ जुन गत आ.व को सोही अवधिको तुलनामा लघुवित्तको प्रति शेयर आम्दानी ८८.८४% ले बढी हो ।बित्तीय संस्थाले यो त्रैमास सम्ममा संस्थाले बचत परिचालन तर्फ रु.३ अर्ब २० करोड ८० लाख पु¥याउन सफल भएको छ । बित्तीय संस्थाले लघुकर्जा असुलीमा निकै आक्रमक भई उत्साहजनक नतिजा हाँसिल गर्न सफल भई निष्कृय कर्जालाई ०.९७ % मा सिमित राख्न सफल भएको छ ।वित्तीय संस्थाले ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
कात्तिक १९, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
उक्त वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा भने ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो।
खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम छुट्याउनुका साथै खराब कर्जा उठाएकाले खुद नाफा बढ्नमा टेवा पुगेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २० दशमलव १९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा पनि ३० दशमलव ९२ प्रतिशतले बढेको छ। कम्पनीले सो अवधिसम्ममा ५ करोड २ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।
उक्त अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १० प्रतिशतले बढेको छ भने जगेडा कोषमा ३० दशमलव ७८ प्रतिशतले बढेको छ। उक्त अवधिसम्ममा गत आवको सो अवधिसम्मको तुलनामा कम्पनीले २५ दशमलव ६० प्रतिशतले सापटि बढाएको छ भने निक्षेप १८ दशमलव शून्य ९ प्रतिशत र कर्जा पनि ३९ दशमलव ८६ प्रतिशतले बढाएको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आवको सो अवधिसम्ममा ६ दशमलव ६४ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको यो आम्दानी चालू आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ६९ दशमलव २० रुपैयाँ पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १७ दशमलव ५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ दशमलव ६८ रुपैयाँ रहेको छ।
यो पनि हेर्नुस् :
तेस्रो त्रैमासमा कालिका लघुवित्तको खुद नाफा करीब १५ गुणाले बढ्यो
१८ गुुणाभन्दा बढी नाफा कमाएको कालिका लघुवित्तलाई खराब कर्जा संकलनको साथ