कात्तिक १९, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
उक्त वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा भने ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो।
खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम छुट्याउनुका साथै खराब कर्जा उठाएकाले खुद नाफा बढ्नमा टेवा पुगेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २० दशमलव १९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा पनि ३० दशमलव ९२ प्रतिशतले बढेको छ। कम्पनीले सो अवधिसम्ममा ५ करोड २ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।
उक्त अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १० प्रतिशतले बढेको छ भने जगेडा कोषमा ३० दशमलव ७८ प्रतिशतले बढेको छ। उक्त अवधिसम्ममा गत आवको सो अवधिसम्मको तुलनामा कम्पनीले २५ दशमलव ६० प्रतिशतले सापटि बढाएको छ भने निक्षेप १८ दशमलव शून्य ९ प्रतिशत र कर्जा पनि ३९ दशमलव ८६ प्रतिशतले बढाएको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आवको सो अवधिसम्ममा ६ दशमलव ६४ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको यो आम्दानी चालू आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ६९ दशमलव २० रुपैयाँ पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १७ दशमलव ५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ दशमलव ६८ रुपैयाँ रहेको छ।
यो पनि हेर्नुस् :
तेस्रो त्रैमासमा कालिका लघुवित्तको खुद नाफा करीब १५ गुणाले बढ्यो
१८ गुुणाभन्दा बढी नाफा कमाएको कालिका लघुवित्तलाई खराब कर्जा संकलनको साथ