ओरियण्टल होटल्स गत वर्ष करीब १८ करोड नाफामा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ओरियण्टल होटल्स लिमिटेड १७ करोड ८४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म २ करोड ४६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नाफा गर्न सफल भएको हो । गत वर्ष होटल्सको सञ्चालनबाट नाफा करीब ८०७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ३ करोड २२ लाख रुपैयाँभन्दा बढी सञ्चालनबाट नाफा गरेको होटल्सले गत वर्ष २९ करोड २१ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । हाल होटल्सको चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ छ । जगेडा कोष रकम भने १ अर्ब ४ करोड ९९ लाख रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८२ पैसा रहेको होटल्सको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ७ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

नेपाल टेलिकमको खुद नाफा घट्यो

काठमाडौं– नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको […]

सम्भावित जोखिम शीर्षकमा रकम नछुट्याएको सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो वर्षको तुलनामा १३२ दशमलव २३ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष २ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष सम्भावित जोखिम शीर्षकमा १ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको कम्पनीले गत वर्ष यो शीर्षकमा कुनै पनि रकम छुट्याएन, जसको सकारात्मक प्रभाव कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा परेको हो । साथै कम्पनीको खराब कर्जा संकलनसमेत अघिल्लो वर्षभन्दा गत वर्ष बढी भएको छ । अघिल्लो वर्ष २१ लाख ६० हजार रुपैयाँ मात्र खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष १ करोड ६९ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा गत वर्ष ४२ प्रतिशत बढी अर्थात् १ करोड ९१ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम ५ करोड २० लाख ८७ हजार कायम छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा साढे ११ प्रतिशत बढी अर्थात् १ अर्ब ६ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको निक्षेप संकलन १२ दशमलव ६१ प्रतिशत बढी अर्थात् ३० करोड ३३ लाख रुपैयाँ  छ । कम्पनीले अघिल्लो वर्षभन्दा करिब १२ प्रतिशत बढी अर्थात् १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा करीब ७ प्रतिशत घटेर १ दशमलव ८३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष कम्पनीको निष्क्रिय कर्जा ८ दशमलव ५६ प्रतिशत रहेको थियो । वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

गत वर्ष साढे ७८ प्रतिशत घट्यो हिमालयन लघुवित्तको नाफा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ७८ दशमलव ५० प्रतिशत कम भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीले ७ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो ।  गत वर्ष कम्पनीको इम्पेयरेमन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष १० करोड ४९ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ७९ प्रतिशत कम २ करोड १९ लाख रुपैयाँभन्दा बढी भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६० लाख ९८ हजार रुपैयाँ छ । ११ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ पुर्‍याएको कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी र जगेडा कोष रकम १३ करोड ९६ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष अघिल्लो वर्षभन्दा १९ प्रतिशत बढी ४ अर्ब १६ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १५ प्रतिशत बढी ४ अर्ब ४३ करोड ७७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ४७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

रुरु जलविद्युत् परियोजना नाफामा

काठमाडौँ– रुरु जलविद्युत् परियोजना चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा नाफामा गएको छ । उक्त परियोजनाले ६ करोड ६८ लाख रुपैयाँको खुद मुनाफा कमाएको छ ।  यो नाफा कम्पनीको अघिल्लो वर्षको यसअवधिमा भन्दा १७.४० प्रतिशत कम हो । गत वर्षको यसअवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष यसअवधिमा […]

गुडविल फाइनान्सको नाफा करीब ४१ % घट्यो, इम्पेरमेन्ट चार्ज बढ्दा नाफामा असर

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गुडविल फाइनान्स लिमिटेडले रू. ४ करोड ६९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा ४० दशमलव ७२ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड ९१ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष रू. ३ करोड ६१ लाखभन्दा बढी इम्पेरमेन्ट चार्ज रहेकोमा यस वर्ष रू. ८ करोड १९ लाखभन्दा बढी रहेको छ । इम्पेरमेन्ट चार्ज बढ्दा कम्पनीको सञ्चालन नाफा घटेर खुद नाफामा असर परेको हो । गत वर्ष रू. ११ करोड १५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ६५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. १० करोड ५२ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ९४ करोड ६१ लाख १५ हजार रहेको छ । शेयर प्रिमियममा रू. २४ लाखभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. १२ करोड ८३ लाखभन्दा बढी रहेको छ । जगेडा कोष रकम रू. ५५ करोड ८३ लाखभन्दा बढी कायम भएको छ । चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीले रू. ११ अर्ब ६१ करोड ७४ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ९ अर्ब ४० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव ७१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ७४ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९२ र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ८५ रहेको छ ।

मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा कमी

काठमाडौं, १९ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षको तुलनामा ४७ दशमलव ३२ प्रतिशतले घटेको छ । वित्तीय संस्था लिमिटेडले यस वर्ष १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो […]

साल्ट ट्रेडिङको नाफामा झण्डै ६५ प्रतिशत गिरावट

अघिल्लो वर्षको तुलनामा यस वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनको नाफामा झण्डै ६५ प्रतिशत गिरावट आएको छ ।  कम्पनीले जारी गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार कर्पोरेसनले अघिल्लो वर्षभन्दा ६४.९४ प्रतिशतले कम नाफा कमाउँदै ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसवर्ष बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशतबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको कम्पनीले जनाएको छ । गत वर्ष साल्टले बिक्रीबाट २ अर्ब ३० करोड रुपैया

आयल निगमले कमायो सबैभन्दा बढी नाफा

काठमाडौं। आयल निगमले नाफामा सबै सरकारी संस्थानलाई उछिनेको छ। गत वर्ष २०७७ मा १२ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको हो। नाफा कमाउने सरकारी संस्थानको दोस्रो स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ३ करोड रुपैयाँ कमाएको छ। यसैगरी, तेस्रोमा नेपाल टेलिकम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा कृषि विकास बैंक रहेका छन्।

नाडेप लघुवित्तका नाफा ११ करोड

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाडेप लघुवित्त वित्तीय संस्थाले ११ करोड ३७ लाख ६० हजार रूपैयाँ खुद नाफा गरेको छ ।गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । गत वर्ष कम्पनीले यस अवधिसम्म ७ लाख ३३ हजार रूपैयाँ मात्र खुद नाफा गरेको थियो ।गत वर्ष २४ लाख ४८ हजार रूपैयाँ सञ्चालन […]

तीन महिनामा फाइजरले कमायो साढे तीन अर्ब डलर

एजेन्सी। औषधि कम्पनी फाइजरले यो वर्षको पहिलो तीन महिना(जनवरी–मार्च)मा साढे तीन अर्ब डलर कमाएको छ। कोरोनाविरुद्धको भ्याक्सिनले यो कमाइमा ठूलो हिस्सा ओगटेको कम्पनीले मंगलबार बताएको हो। फाइजरले भ्याक्सिनबाट आएको नाफाबारे भने केही बताएको छैन। तर, कुल नाफाको २० प्रतिशत भ्याक्सिनबाट हुने अनुमान कम्पनीले गरेको छ। भ्याक्सिन बनाउने अधिकांश कम्पनीले गत वर्ष नै नाफामा ध्यान नदिने बताएका थिए।