काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ करोड ६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २ प्रतिशत कम खुद नाफा भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड ५८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षभन्दा यस वर्ष विद्युत विक्री आम्दानी पनि कम भएको छ । गत वर्ष ७४ कराड ४० लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ७३ करोड ५२ लाख रूपैयाँभन्दा बढी मात्र विद्युत विक्री आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रूपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग १ अर्ब ५२ करोड १७ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । कर्जा सापटी यस वर्ष गत वर्षभन्दा करिब ९ प्रतिशत कम भएको छ ।
गत वर्ष ३८ करोड ४७ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी रहेकोमा यस वर्ष ३५ करोड ११ लाख रूपैयाँभन्दा बढी मात्र कायम भएको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १७ रूपैयाँ ७९ पैसा रहेको छ ने प्रतिशेयर नेटवर्थ १७७ रूपैयाँ ३२ पैसा रहेको छ ।