भैरहवा – भैरहवास्थित गौतमबुद्ध अन्तर्रष्ट्रिय विमानस्थलमा बिहीबार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको छ। निर्माण सम्पन्न भइ सञ्चालनमा आएको ३ महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङको लागि परीक्षण उडान गरेको हो। पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा टेनिङको लागि बिहान १२ बजे ९९५ विमानले […]