भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु भए लगत्तै वैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरूका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम सो शाखाबाट हुने भएको छ ।यससँगै अब श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालय