स्यानिटरी प्याडमा लगाइएकाे कर खारेज गर्न माग

काठमाडौं :  नेपाल सरकारले स्यानिटरी प्याडमा कर लगाउने निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ।  'वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ। यो निर्णय तत्काल खारेज गर्न समेत अनेरास्ववियु नेपाल सरकार समक्ष माग गर्दछ' अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्याडमासमेत विलासिताको सामग्र

सम्बन्धित सामग्री

पोखरामा कर वृद्धिको विरोध

पोखरा- पोखरा महानगरपालिकाले बढाएको करको विरोधमा प्रदर्शन भएको छ। अस्वाभाविक रूपमा बढाइएको कर खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो। जागरुक नागरिक समाजले बढेको करको दरको विरोध गर्दै चिप्लेढुंगादेखि पोखरा महानगरपालिकाको कार्यालयसम्म र्‍यालीसमेत निकाल्यो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई जागरुक नागरिक समाजले ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्रमा अंशवन्डा, सवारी-साधन लगायतमा लगाएको कर चर्को भएकाले फिर्ता […]

कटन र उनीको धागोमा लगाएको कर हटाउन व्यवसायीको माग

काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ। सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो।व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ। महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत

तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग

काठमाडौँ – नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ। आइतबार संघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको हो। संघले तोरीको तेल अत्यावश्यक खाद्यवस्तु भएको भन्दै अवैधरुपमा भित्रिने तोरीको तेलका कारण स्वदेशी […]

कर छलीको मामिलामा शकिराविरुद्ध ८ वर्ष बढी जेल सजायको माग गरिने

कोलम्बियाली पप स्टार शकिरा फेरि चर्चामा छिन् । तर, यसपटक उनी आफ्नो गीतका कारण नभई कर छलीको आरोपका कारण चर्चामा छन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ । रिपोर्टका अनुसार स्पेनका अभियोजकले यस मामिलामा शकिराविरुद्ध ८ वर्षभन्दा बढी जेल सजायको माग गर्ने बताएका छन् । यससँगै उनीहरुले २४ मिलियन डलर जरिवाना पनि माग गर्ने तयारी गरेका छन् । तर, अहिलेसम्म अदालतबाट सुनुवाइको मिति दिइएको छैन। यसअघि शकिराले आफ्ना वकिलमार्फत् एक बयान जारी गरी सम्झौताको निवेदन खारेज गर

सामुदायिक वनमाथि लगाइएको तेहरो कर खारेज गर्न माग

सामुदायिक वनको अधिकारमाथि आघात पर्ने गरी सरकारले लगाएको तेहरो कर खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघले आग्रह गरेको छ ।  सामुदायिक वनमाथि संघ सरकारले १०, स्थानीय तहले १० र प्रदेश सरकारले २५ प्रतिशत वन पैदावार शुल्क लगाएको छ ।  तीन तहकै सरकारले लगाएका करविरुद्ध महासंघ लामो समयदेखि आन्दोलित छ । संघीय वन ऐन २०७६ र लुम्बिनी प्रदेशको वन ऐन २०७८ तत्काल संशोधन गरी सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चित गर्न महासंघले सरकारसँग आग्रह गरेको हो ।  सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदे...

सरकारलाई युवाको प्रश्न: महिनावारीमा कर किन?

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लाग्दै आएको कर खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। जावलाखेलमा भएको प्रदर्शनमा विभिन्न प्लेकार्ड बोकेर युवाहरुले सरकारसँग कर मिनाहाको माग गरेका हुन्। युवाहरु 'महिनावारीमा कर किन?', 'रातो कर माफ गर' आदि लेखिएको ब्यानर सहित प्रदर्शनमा भेला भएका थिए। यस्तै, महिनावारी…

‘महिनावारीमा कर खारेज गर’ भन्दै माइतीघरमा युवायुवतीको प्रदर्शन

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडलगायतका सामग्रीहरुमा लगाइएको कर खारेज गर्न माग गर्दै युवायुवतीहरुले प्रदर्शन गरेका छन्। युथ कांग्रेस नेपालको अगुवाईमा कर छुट गर्न माग गर्दै युवायुवतीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता सामग्रीमा लगाइएको कर खारेज गर्नु पर्ने उनीहरुको माग…

सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न अनेरास्ववियुको माग

८ असोज, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै अनेरास्ववियुले महिलाको संवेदनशीलताप्रति बेवास्ता र विभेद भएको भन्दै आपत्ति प्रकट गरेको छ । ‘सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुनिता बरालले […]