कोलम्बियाली पप स्टार शकिरा फेरि चर्चामा छिन् । तर, यसपटक उनी आफ्नो गीतका कारण नभई कर छलीको आरोपका कारण चर्चामा छन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ । रिपोर्टका अनुसार स्पेनका अभियोजकले यस मामिलामा शकिराविरुद्ध ८ वर्षभन्दा बढी जेल सजायको माग गर्ने बताएका छन् । यससँगै उनीहरुले २४ मिलियन डलर जरिवाना पनि माग गर्ने तयारी गरेका छन् । तर, अहिलेसम्म अदालतबाट सुनुवाइको मिति दिइएको छैन। यसअघि शकिराले आफ्ना वकिलमार्फत् एक बयान जारी गरी सम्झौताको निवेदन खारेज गर