काठमाडौं । नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने १३ फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कामपा १४ कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, कामपा १० थापा गाउँको सन्ध्या ट्रेडर्स लगायतका १३ फर्मका सञ्चालक १६ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले यी फर्महरुले नक्कली मूल्य अभिवृद्धि करसहित आयकर कर समेतको नक्कली बिल प्रयोग