नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–१० का श्रीराम ठाकुर र जटाशङ्कर जैसवाल विरुद्ध यही जेठ ५ …