काठमाडौं : झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट–बिल) प्रयोग गरी राजस्व छली गर्ने विभिन्न ११ वटा फर्मका संचालक तथा ३ जना लेखापरीक्षक (अडिटर) विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले ९१ करोड ३० लाख ५६ हजार रुपैयाँ बराबर राजस्व छलीको अभियोगमा उच्च अदालत पाटनमा मंगलबार मुद्दा दायर गरेको हो। नक्कली भ्याटबिल बनाउने एसविके इन्टरनेसनल, डाइनामिक इन्टरनेसनल ट्रेड प्रालि, एनएस एक्टिभ इन्टरनेसनल प्रालि, क्राउन इन्टरनेसनल सप्लायर्स प्रालि, मनरेगा सप्लायर