काठमाण्डाै – राजस्व अनुसन्धान विभागले ४४ करोड ३८ लाख रुपैयाँ जरिबाना माग गरेर २७ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ ।
विभिन्न १३ वटा कम्पनी तथा फर्मका २७ जनाले राजश्व छली गरेर नेपाल सरकारलाई नोक्सानी पुर्याएको भन्दै विभागले २२ करोड १९ लाख रुपैयाँ बिगोको दोब्बरले हुन आउने ४४ करोड ३८ लाख ९३ हजार रुपैयाँ रकम जरिबाना माग गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
पशुपति रोड क्यारियर नेपाल, सुद्रानिया इम्पेक्स, आर एण्ड आर इन्टरनेश्नल, अरुण क्लोथ सप, एनए इम्पेक्स, एआर साडी कलेक्सन, एजिलिटी ...