राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न

राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दायर गरेको मुद्दामा भन्सार प्रतिनिधि नै संलग्न रहेको पाइएको हो । विभागले राजश्व छली गरेको अभियोगमा चार जनाविरुद्ध रु एक करोड छ लाख ७२ हजार ९०९ बराबरको बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले आज बिगो दाबीसहित जरिवाना तथा कैद सजायको माग गरी मुद्दा दर्ता गरेको जनाएको छ ।      विभागका अनुसार ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारीसमेत भन्सार...

सम्बन्धित सामग्री

जुम्ला,कालिकोट र मुगुको राजश्व सङ्कलन निराशाजनक

आन्तरिक राजश्व कार्यालय जुम्लाका अनुसार जुम्ला, कालिकोट र मुगुको राजश्व सङ्कलन निराशाजनक देखिएको छ।...

काठमाडौं महानगरको राजश्व संकलन बढ्यो

२० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले राजश्व संकलनमा वृद्धि गरेको छ । गतवर्षको तुलनामा यो वर्ष राजश्व संकलनमा वृद्धि भएको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले राजश्व समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । अधिकारीले राजश्व संकलनको प्रगति सुनाउँदै गएको वर्ष पुस १५ गते सम्ममा ३ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएकोमा यो वर्ष अङ्क […]

भन्सार राजश्व असुली ओरालोमा

पछिल्लो तीन वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो तीन महिनामा लक्ष्यको ६४.९० प्रतिशत राजश्व असुल भएको छ । आर्थिक वर्ष […]

राजश्व छलीको गिरोहमाथि निगरानीः महानिर्देशक अधिकारी

राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, टे«डिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताएका छन्। उनले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको स्पष्ट पारे।...

राजश्व सङ्कलन

काठमाडौँ,१४ वैशाख । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिद्युत पोल प्रयोग गरेबापत रु एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व सङ्कलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो । भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड […]

धादिङमा ट्राफिक कारबाहीबाट अहिलेसम्मकै धेरै राजश्व संकलन

धादिङमा ट्राफिक कारबाहीबाट अहिलेसम्मकै धेरै राजश्व संकलन भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक प्रहरीले ३ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको हो। यो राजश्व अघिल्लो वर्षहरुको भन्दा दोब्बरले बढी हो।...

लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व सङ्कलन

कास्कीको आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । राजश्व सङ्कलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व उठाएको हो ।गत आवमा रु चार अर्ब ८२ करोड २७ लाख ८५ हजार राजश्व उठाउने लक्ष्य लिइएकामा रु चार अर्ब ६७ करोड ८५ लाख ९५ हजार सङ्कलन भएको कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका

विराटनगरमा लक्ष्यभन्दा आठ करोड बढी राजश्व सङ्कलन

रासस। आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल रु आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ। सो अवधिमा रु आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो। कार्यालयले लक्ष्यभन्दा रु आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको हो।

राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनमा रहेको शिव शिखर एग्रो कम्पनीले राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । शिव शिखर एग्रो कम्पनीले उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो ।वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्यागसमेत छैन । सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्ति लिप्सले पनि करिब पाँच महिना अघिसम्म राजश्व छलेको जनाइएको छ । पाँच महिनायता भने लिप्समा आन्तरिक राजश्व कार्यालयको ट्याग लगाएको छ ।दुर्गम पहाडी जिल्ला