स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान सुरु हुन सकेको छैन ।
दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदान सुरु हुन नसकेको हो । प्रतिनिधिहरूको सम्बन्धमा सहमतिको प्रयास जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार दल तथा स्वतन्त्रका प्रतिनिधिहरू राख्ने विषयमा सहमति नजिक पुगेको र अब छिट्टै मतदान सुरु हुनेछ ।
चापाकोट १० को बोटेटार मतदान केन्द्र बाहेक स्याङ्जाको अन्य ठाउँमा मतदान सुर...