सुर्खेत : उपल्लाे डाेल्पाका तीन वटा स्थानीय तह मतदान सुरु हुन सकेकाे छैन। चिसाेका कारण मतदान केन्दमा भाेट खसाल्न आउन नसकेकाे त्यहाँ स्थित सुरक्षा अधिकारीले बताएका छन्।डाेल्पाेवद्द , छार्काताङसुङ, डाेल्पाे बुद्दमा मतदान सुरु नभएकाे हाे। घाम लागेपछि मात्र मतदान सुरु हुने जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्किले बताए।