काठमाण्डाै – नेकपा एमालेले वर्तमान सरकारको गलत क्रियाकलापकै कारण देशको अर्थतन्त्र खतरामा रहेको आरोप लगाएको छ । पछिल्लो आर्थिक अवस्थाबारे काठमाण्डौमा पत्रकार सम्मेलन गरेर एमालेले सरकारले अझै पनि बदमासी गर्दै गएमा नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टने अवस्थामा पुग्ने जनाएको छ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले निकै बुद्धि पुर्याउर अर्थतन्त्र जोगाउनुपर्नेमा गभर्नरलाई नै हटाउने काम गरेर ठूलो जोखिम निम्ताएको बताउनुभयो । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई आफू माताहतका कर्म...