काठमाडौं : विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण करिब २ वर्षसम्म थला परेको वैदेशिक रोजगारी अर्थात् श्रम क्षेत्र लयमा फर्किन थालेको छ। कोभिडको संक्रमण कम भएसँगै सो क्षेत्र लयमा फर्किन थालेको हो। सरकारले कोभिडका कारण थला परेको श्रम क्षेत्र सुधार्नका लागि विभिन्न प्रयासहरू गर्दै आएको छ। समग्रमा भन्नुपर्दा सरकारले २०७८ मा श्रम क्षेत्र सुधारका प्रयास गरेको देखिन्छ।वैदेशिक रोजगारीमा जानेलाई सहज बनाउन, श्रमस्वीकृति अनलाइन, समस्या समाधान गर्न हेल्प डेक्